काठमाडौं, ९ चैत । चीनको उहान राज्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि बढ्दै गएको छ। अमेरीकामा एकैदिन ७ हजार बढी कोरोना संक्रमणका नयाँ बिरामी भेटिएका छन्। वर्ड मिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ४ जना नयाँ संक्रमित भेटिएका हुन्। अमेरिकामा कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप ८४ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकमा ३ सय ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहानसम्म अमेरिकामा २६ हजार ६८७ जनामा कोरोनाको संक्रमण देखिएको छ।
कोरोना भाइरस : अमेरिकामा एकैदिन ७ हजार बढी संक्रमित

प्रतिक्रिया दिनुहोस्