जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ०९:४५

कोरोना फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कोलम्बियामा २३ को मृत्यु


कोलम्बिया , चैत १०। कोलम्बियाको राजधानी बोगोटामा रहेको एउटा जेलमा कोरोना भाइरस फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

बोगोटाको सबैभन्दा ठूलो मध्येको एक ला मोडेलो जेलमा कोरोनाको संक्रमण फैलिने डरले कैदीहरु भाग्ने प्रयास गरेका थिए । कैदी भाग्ने क्रममा भएको झडपमा २३ जनाको ज्यान जानुको साथै ८३ जना घाइते भएका बीबीसीले जनाएको छ ।