जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १३:४१

सुनसान दाङ


दाङ, चैत १०

दाङमा चैत २१ सम्मका लागि बजार बन्द हुने भएका छन् । उद्योग वाणिज्य संघ दाङले आज एक विज्ञप्ति जारी गरी अत्यावश्यकबाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन संघले यस्तो निर्णय गरेको हो । त्यस्तै स्थानीय प्रशासनको समन्वयमा जिल्लामा सबै यातायातसमेत बन्द गर्ने निर्णय भएको छ ।