जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १७:२२

कोरोनाको आशंकामा चीन, भारत र कतारबाट फर्किएका तीन बालक कान्तिको आइसोलेसनमा


काठमाडौं, चैत १०

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कोरोना भाइरसको आशंकामा तीन जना बालकलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । आज दुईजना र आइतबार एक बालक गरी तिन जना आइसोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार उनीहरु चीन, भारत र कतारबाट फर्किएका र उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको हो ।

एक जनाको आजै बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पतालले जनाएको छ। यसअघि पनि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए तर उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।