जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १४:५९

कोरोना संक्रमण अपडेट : बिश्वभर १६५८५ जनाको मृत्यु, ३८३१७८ संक्रमित, १०२५२४ भए निको


काठमाडौं, चैत ११

विश्वव्यापी महामारीको रुपमा १ सय ९५ मुलुकमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले अहिलेसम्म १६ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । बिश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे अपडेट गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । कोरोनाबाट अहिलेसम्म ३ लाख ८३ हजार १ सय ७८ जना संक्रमित भएका छन । त्यस्तै एक लाख २ हजार ५ सय २४ जना निको भएका छन ।