जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १८:५८

कोरोनाबाट अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु


न्यूयोर्क, चैत ११ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बुको कोरोनाबाट मृत्यु भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले यस घटनाको पुष्टि गर्नुभएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या रहेको थियो । कोरोना भाइरसको संक्रमणपछि लिम्बुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।