जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १८:०६

कोरोना संक्रमित तेस्रो व्यक्ति एयर अरेबियाबाट नेपाल आएको खुल्यो


काठमाडौं, चैत १२

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति एयर अरेबियाबाट आएको खुलेको छ । कतारबाट नभई युएईबाट आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कतारबाट चैत ६ गते उनि नेपाल आएको बताउनु भएको थियो । तर, मन्त्रालयले पछि एक विज्ञप्ती जारी गर्दै उनि युएईको शारजाहबाट नेपाल आएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले केही समय अगाडी सबैको जानकारीका लागि भन्दै उक्त जानकारी गराएको हो । मन्त्रालयको फेसबुक पेजमा भनिएको छ,‘कोरोना भाइरस (कोभिड–१९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६)गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको ।’

बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित व्यक्ति धादिङ निवासी ३२ वर्षका पुरुष रहेको पनि मन्त्री ढकालले बताउनु भएको थियो । जनस्वास्थ्य प्रयोगशालामा दुई पटक गरिएको परीक्षणमा दुवै पटक पोजेटिभ देखिएको थियो ।