जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार ११:४०

तीन घण्टामै बिरामी पत्ता लगाउने किट्स एनआरएनएले कोरियाबाट पठाउदै


काठमाडौं, चैत १३

गैरआवासी नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले कोरोना भाइरस जाँच गर्ने किट्स सहयोग गर्ने भएको छ । एनआरएनए कोरियाले दुई हजार थान किट्स सहयोग गर्ने भएको हो ।

नेपालमा अहिले किट्सको अभाव भईरहेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान छ। यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गर्नुभएको छ ।

किट्समा बिरामीको र्‍याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।