जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ०९:३४

त्रिशूली बस दुर्घटना अपडेट : तीन जनाको खुल्यो पहिचान (भिडियोसहित)


धादिङ ।

गजुरी गाउँपालिकाको बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ५ मध्ये ३ जनाको पहिचान खुलेको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये काठमाण्डौ चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन । प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।