जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार ११:५८

“सस्तोमा सामान ल्याईदिनुहोस् सरकारले अहिले खरिद गर्छ” (भिडियोसहित) (भाग–३)


काठमाडौं, चैत १८

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमितता नभएको बताउनु भएको छ । उहाले अनियमितता भएको भए आफुलाई फासी दिन समेत चुनौति दिनुभयो ।

महानिर्देशक श्रेष्ठले सामान महंगो भो भन्ने व्यापारीहरुलाई तोकिएकै मुल्यमा ल्याइदिन समेत चुनौति दिनुभयो । ‘तपाईहरुले भनेकै मुल्यमा सामाग्री ल्याइदिनुहोस्, म अहिले भएको सम्झौता तोड्न तयार छु’, उहाले भन्नुभयो,‘तर, एक महिनापछि सामान ल्याउने होइन्, आज वा भोलीमा सामाग्री ल्याईदिनुपर्छ ।’ उहाले पहिलेको मुल्य भन्दा अहिलेको खरिद समग्रमा २० प्रतिशत महंगो भएको स्विकार गर्नुभयो ।

उहाले पिपिई आफुहरुले १९१९ रुपैयाँमा किनेको तर सिचुवान प्रान्तले पठाएको पिपिई २१ सय रुपैयाँ र यहा ल्याईपु¥याउदा २५ सय परेको बताउनु भयो । एक लाख पिपिई मगाएकोमा अहिले केवल १० हजार मात्र आएकाले बजारमा अहिले सामाग्रीको अभाव रहेको बताउनु भयो । महानिर्देशक श्रेष्ठले ५ रुपैयाँमा पाइने मास्क अहिले २५ रुपैयाँ तिर्छु भन्दा पनि पाउन नसकेको जानकारी गराउनु भयो । ‘विश्व बजारमा बुझ्नुहोस्, कति सामान पाइन्छ पाइदैन भनेर, पाइन्छ भने तपाईहरुले भनेकै मुल्यमा सामान ल्याईदिनुहोस् अहिले हामी किन्न तयार छौं’, उहाको भनाई छ ।

महानिर्देशक श्रेष्ठले चिन सरकार स्वयमले आफुले सामान किन्न नसकेको भनेर स्विकार गरिसकेको अवस्थामा भ्रष्टचार भयो भनेर कराउनु जनता भडकाउने काम मात्र भएको बताउनु भयो । ‘नेपालका लागि चिनियाँ राजदूतले स्वयम स्वास्थ्यमन्त्रीसँग चीन सरकारले भनेजस्तो सामान उपलब्ध गराउन नसकेको भनेर भन्नुभएको छ, त्यसको भिडियो हामीसँग अहिले पनि सुरक्षित छ’, उहाले भन्नुभयो ।

सामान महंगो भयो भनेर उफ्रनेहरुले नै केही समय अगाडी हामी सामान ल्याउन सक्दैनौं भनेर हस्ताक्षर गरेको कागज आफुसँग सुरक्षित रहेको समेत उहाले जानकारी दिनुभयो । ‘तत्काल समाग्री ल्याउन सक्दिन भनेर त उहाहरुले हस्ताक्षर गरेको कागज सुरक्षित छ’, महानिर्देशक श्रेष्ठले भन्नुभयो,‘हामीलाई ३० टन सामान दिनुहोस्, तपाईहरुको सामान जापान, सिंगापुर कहा छ सरकारले विमान लगेर ल्याईदिन्छ भन्दा उहाहरुले सकिदैन भन्नुभयो ।’