जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार १२:५५

पाटन अस्पतालमा मृत्यु भएकामा भेटिएन कोरोना


काठमाडौं, चैत १८

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भनेर समाचार आईरहेका बेला उनमो सो भाइरस नभएको पुष्टि भएको हो ।

सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको छ । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो । यसअघि बुटवलमा निधन भएका युवामा पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएको थियो । अब वीर अस्पतालमा मृत्यु भएका दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।