जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार १३:०७

कमलामाई नगरपालिकाको प्रशंसायोग्य काम : विपन्न परिवारलाई घरमै पुगे खाद्यान्य वितरण


सिन्धुली, चैत १८

कमलामाई नगरपालिकाले आफ्नो नगरमा रहेको विपन्न नागरिकलाई खाद्यान्य वितरण गर्न शुरु गरेको छ । लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्याला मजदुरी–गरेर गुजारा गर्दै आएका ६० परिवारलाई पहिलो चरणमा खाद्यान्न उपलब्ध गराएको हो ।

ग्वाङखोलामा गिटी कुटेर गुजारा गर्दै आएका विपन्न परिवारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको नेकपाबाट विजयी नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उनीहरूलाई खानको समस्या भएकाले २० किलो चामल, तीन किलो दाल, आलु, चिनी, खानेतेल, नुन र बेसार वितरण गरिएको छ ।

नगरप्रमुख खत्रीले खाद्यान्नलगायत राहत घरमै पुर्‍याएर वितरण गर्न सुरु गरिएको र संकलित तथ्यांकका आधारमा थप परिवारलाई राहत प्याकेज दिइने बताउनु भयो ।