जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १०:३३

युएईमा कुल ८ नेपाली कोरोनाबाट संक्रमित


काठमाडौँ, चैत १९

संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई नेपाली सहित ५३ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ। ५३ जनामध्ये ३१ जना भारतीय छन् । यूएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । साथै थप एक जनाको मृत्यु भएको छ । अहिलेसम्म युएईमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आठ जना नेपालीमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन् । ६ जना नेपालीको अवस्था स्थिर छ । नयाँ संक्रमितमध्ये अधिकांश संक्रमित व्यक्तिको सम्पर्कमा गएकाहरु रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।