जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १६:५९

चैत ४ गते नै दोहाहुँदै नेपाल आएकी तेस्रो महिलामा देखियो कोरोना संक्रमण


काठमाडौँ, चैत २०

कतार एयरवेजबाट नेपाल आएकी युवतिमा फेरि कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएकी थिइन् ।

यो सँगै सोही उडानबाट नेपाल आएका तीन जनामा कोरोना देखिएको छ । साथै नेपालमा कोरोना संक्रमितको सख्या ६ पुगेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको बताउनु भयो । मन्त्रालयका अनुसार छैटौं प्रभावित बाग्लुङ निवासी हुन् । उनी युवति रहेको बताइएको छ ।

बागलुङकै १९ वर्षीया र काठमाडौंकी १९ वर्षीया युवतीसँगै उनी पनि कतारकै त्यही उडानबाट काठमाडौं आएकी थिइन् । स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती पनि फ्रान्सबाटै आएकी थिइन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्मकूल ११ सय ८४ परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन् ।