काठमाडौं, चैत २२
कोरोना भाइरस ‘कोभिड १९’ को बढ्दो प्रभावबीच फ्रान्सले चीनबाट मास्क मगाएको थियो । तर आफूले मगाएको मास्क अन्तिम समयमा बढी शुल्क तिरेर अमेरिकाले किनेपछि फ्रान्स अमेरिकासँग रुष्ट बनेको छ ।
कार्गो विमानमा लोड हुन लागेको समयमा आफूले मगाएको मास्क अमेरिकाले तीन गुणा र चार गुणा बढी शुल्क तिरेर किनेको फ्रान्सको आरोप छ । फ्रान्सले अमेरिकी कार्यलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिएको छ । फ्रान्सले बुधबारमात्र चीनबाट २० लाख मास्क भित्र्याएको थियो । कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये फ्रान्सपनि एक हो ।
फ्रान्समा हालसम्म ८२ हजार १६५ जना कोरोना संक्रमित छन् । त्यहाँ ६५ सय ७ को मृत्यु भइसकेको छ । फ्रान्सले एक अर्बभन्दा बढी मास्क निर्माण गर्न चीनलाई भनेको छ । यसबीचमा फ्रान्सका लागि पठाउन लागिएको मास्क अमेरिकाले बढी शुल्क तिरेपछि त्यो मास्क अमेरिका पुगेको हो । अमेरिका हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो । त्यहाँ २ लाख ७७ हजार ४७५ कोरोना संक्रमित छन् । ७ हजार ४०२ को भने मृत्यु भइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्