जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार १६:०५

प्रधानमन्त्री ओलीद्वारा कुवेतका समकक्षीसँग फोनवार्ता


काठमाडौं, चैत २५

प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको छ । कुवेतका प्रधानमन्त्री सवाह अल खलिद सवाहलाई टेलिफोन गरी त्यहा रहेका नेपालीका विषयमा चासो राख्नु भएको हो ।

उहाले नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राख्नु भएको थियो । जवाफमा कुवेतका प्रधानमन्त्री खलिदले कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनिहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता जनाएको भएको प्रधानमन्त्री ओलीले टिवटरबाट जानकारी दिनुभएको छ ।

‘आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें’, उहाले टिवटरमा भन्नुभएको छ, ‘कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।