जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १४:५०

लुम्बिनी प्रादेशिक अस्पताल पाँच डाक्टर बर्खास्त


बुटवल, चैत २६ । कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिनुभयो । हामीले हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो, ुखनालले भन्नुभयो ।

रेडियोलोजी विभागमा कार्यरत डा बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा। प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ । यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने चेतावनी मन्त्रालयले दिएको छ ।