जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १४:४८

गौरीफन्टाहुँदै प्यूठान आएका तीनजनाको रिपोर्ट ‘नेगेटिभ’, हालसम्म प्यूठानको ६ वटै रिपोर्ट नेगेटिभ


प्यूठान, चैत २८

चैत्र १० गते साँझ गौरीफन्टाहुँदै प्यूठान आएका तीनजना युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतसँगका सबै नाका बन्द भएपछि उनिहरु गौरीफन्टा हुँदै आएका थिए । माण्डवी गाउँपालिका ४ उदपुरकोट, मल्लरानी गाउँपालिका १ चुँजा र ऐरावती गाउँपालिका गरी तीनजना युवाको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

उनीसहित केही दिनअघि दुवईबाट आएका दुईजनासहित पाँचैजना युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । यसअघि पनि भारतबाटै आएका ऐरावतीका एकजना युवाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । हालसम्म प्यूठानबाट ६ जनाको कोरोना परीक्षण गरिएको सुवेदीले जानकारी दिनुभयो ।