जनता टाइम्स

३० चैत्र २०७६, आईतवार २१:२०

कुवेतमा थप १० नेपालीमा कोरोना


काठमाडौं, चैत ३०

कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

योसँगै खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निको भएर सामान्य जिवनयापन गरिरहेका छन् ।

अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ११ र मलेसियामा १ जना गरी जम्मा ३९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पाँच जना निको भएर काममा फर्किएका छन् । अरु ३४ को अस्पतालमा उपचार भइरहेको छ ।