विराटनगर, बैशाख ४
झापाका एक युवाको स्वाब परीक्षण नेगेटिभ आएको छ । झापाको हल्दीबारी गाउँपालिका ती युवाको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएको थियो ।
पोजिटिभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा सबैको नेगेटिभ आएको हो ।
कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गदा सबेको नतिजा नेगेटिभ आएको पुष्टि गर्नुभयो । ६१ जनाको स्वास्थ्य परीक्षण परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस्