जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १६:५६

प्रदेश–२ कोरोना उच्च जोखिममा : जमातिमा सहभागी भएका व्यक्ति छिरेको आशंका !


काठमाडौं, बैशाख ५

भारतको नयाँ दिल्लीमा भएको जमातिमा सहभागी भएका केही व्यक्ति प्रदेश–२ र आसपासमा लुकेको आशंका गरिएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार सायद आज भोली नै एकैचोटी सात आठ जना कोरोना संक्रमित फेला पर्न सक्ने दावी गरेका छन् ।

भारतमा पनि सो विवादस्पद भेलापछि कोरोना संक्रमण फैलिएको भारतीय सरकारको आरोप छ । सोही जमातिमा सहभागी भएका मध्ये केही नेपाल भित्रिएको सरकारी आशंका छ । जसकाकारण प्रदेश–२ निक्कै जोखिममा रहेको बताइएको छ । सरकारले सो सूचना थाहा पाउने वित्तिकै सिमामा थप सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि प्रदेश–२ का विषयमा निक्कै गम्भिर संकेत गर्नुभएको छ । प्रतिनिधिसभामा सहभागी सांसदसँग सिंहदरवारमा शुक्रबार भएको छलफलमा उहाले सो प्रदेश जोखिममा रहेको संकेत गर्नुभयो । उहाले प्रदेश–२ मा कोरोना संक्रमितको सख्या बढ्न सक्ने बताउनु भयो ।

यसैबीच, उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० भारतीय नागरिकको स्वाब परीक्षण गरिएको छ । यसको नतिजा सार्वजनिक नभएपनि केही संक्रमित व्यक्ति फेला परेको स्रोतले जानकारी दिएको छ । परिक्षण गरिएकामध्ये ठुलो सख्यामा कोरोना भेटिएको स्रोतको दावी छ । यसविषयमा स्वास्थ्य मन्त्रालयले आधिकारीक जानकारी दिइने बताइएको छ । वीरगञ्जमा पनि केही दिनपहिला तीन भारतीयमा कोरोना संक्रमण भेटिएको थियो ।