जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १९:२०

बहराइनमा एकैचोटी २७ नेपाली संक्रमित


काठमाडौं, बैशाख ५

बहराइनमा एकैचोटी २७ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार यसअघि सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको छ । कोरोनाका कारण बहराइनमा कार्यरत नेपालीलाई समस्या परेमा दूतावासमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । राजदूत सुन्दासका अनुसार, पछिल्लो समय खान बस्न समस्या भयो भन्ने गुनासा बढेका छन् । बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।