जनता टाइम्स

६ बैशाख २०७७, शनिबार १३:४७

कोरोना संक्रमित युवकको रिपोर्ट नेगेटिभ, अर्को जाँच हुदै


कैलाली, बैशाख ६

सेती प्रादेशिक अस्पतालमा उपचाररत् पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी चार जनाको भने पोजेटिभ नै आएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । नेगेटिभ आएपछि उनको २४ घण्टाभित्रै अर्को परीक्षण गरिदैछ । सो रिपोर्ट पनि नेगेटिभ आए उनलाई डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ । दुई वटा रिपोर्ट लगातार नेगेटिभ आएमात्र डिस्चार्ज गर्ने गरिएको छ ।

धनगढी उपमहानगरपालिका– ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका–१ कि ५२ बर्षीया महिलाको कोभिड–१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको छ ।