जनता टाइम्स

७ बैशाख २०७७, आईतवार ११:४६

जनकपुरमा पैसा फाल्दै भाग्ने दुवै महिलाको पीसीआर परीक्षण नेगेटिभ


जनकपुरधाम, बैशाख ७

जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी परीक्षणमा पोजेटिभ देखाएपनि आइतवार गरिएको पीसीआर परीक्षण भने नेगेटिभ देखाएको हो ।

कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको प्रादेशिक अस्पताल श्रोतले जनाएको छ । जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो ।

विशेषतः जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी दुई महिलालाई पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताउनु भयो ।