कैलाली, बैशाख ७
कोरोना संक्रमित मध्ये चौथो व्यक्ति पनि आजबाट कोरोनामुक्त भएका छन् । भारतको मुम्बईबाट फर्किएका कैलालीका युवा कोरोनामुक्त भएका हुन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवाको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको हो ।
२२ चैतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको दोस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको २४ घण्टापछि आज पुनः परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
भारको मुम्बइबाट १२ चैतमा फर्किएका उनी क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा उनको परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई २२ चैतमा अस्पताल भर्ना गरिएको थियो । यसअघि हिजो दुई जना कोरोनामुक्त भएर घर फर्किएका थिए ।













प्रतिक्रिया दिनुहोस्