उदयपुर, बैशाख १०
उदयपुरको भुल्केमा मंगलबार फेला परेका ११ संक्रमित मध्ये तीन जना विदेशबाट आएको खुलेको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार दुई जना भारत र एक जना युएईबाट आएका हुन् ।
उनिहरु त्यहीबाट कोरोना संक्रमित भएर आएका हुन् वा यहाँ आएर संक्रमित भएका हुन् भनेर खुलेको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको हो ।
ती युवक गत फागुन १० गते दुबईबाट नेपाल आएको खुलेको छ । बाँकी दुई जना भने भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट आएका हुन् । उनीहरू कहिले आएका हुन् भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी उनिहरु स्थानीइ बासिन्दा हुन् ।
यसअघि पनि सोही वस्तीको एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ । अहिले संक्रमित २४ जना नै विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।













प्रतिक्रिया दिनुहोस्