जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार ०७:३१

भारतमा कोरोनाबाट ७ सय २१ जनाको मृत्यु : २३ हजार ३९ जना संक्रमित


काठमाडौं, वैशाख १२ ।   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् । १७ हजार ३०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकका रुपमा देखिएको छ ।