दमक, बैशाख १४
कोरोना संक्रमित फेला परेपछि दमक नागरपालिकामा स्वाब संकलनको काम शुरु भएको छ । दमक–३ मा एकजना बृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएपछि त्यस क्षेत्र सिल गरेर आइतवार विहानै देखि ४ वटा स्वास्थ्यकर्मीहरुको टोलीले उक्त परिवारको सम्पर्कमा आएकाहरुको प्रारम्भिक जाँच शुरु गरेको हो ।
करिब ६० जनाको स्वाब संकलन गरिएको नगरपालिकाले जानकारी दिएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिका संयोजक समेत रहनु भएका नगर प्रमुख रोमनाथ ओली सहित टोली विहानै स्वास्थ्यकर्मी सहितको टोली लिएर सिल गरिएको क्षेत्रमा पुग्नु भएको हो । ७२ देखि ८० जनासम्मको पहिलो चरणमा ¥यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट जाँच गरीने र उनिहरुको स्वाब संकलन गरेर त्यो पनि परीक्षणका लागि पठाईने तयारी भएको बताइएको छ ।
करिब ४ सय जना प्रत्यक्ष अप्रत्यक्ष रुपमा संक्रमित परिवारसंग सम्पर्कमा रहेको पनि दमक नगरपालिकाको स्वास्थ्य शाखाले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुवईबाट एक महिना अघि छोरा आएको र छोराबाट नै बाबुमा कोरोना सरेको अनुमान पनि स्वास्थ्यकर्मीहरुले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्