जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार ०७:१५

अमेरिकामा कोरोनाबाट १० लाख १० हजार संक्रमित, ५६ हजारको मृत्यु


काठमाडौं, बैशाख १६ । अमेरिकामा ४ महिनादेखि फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ७ सय ९६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख १० हजार १२३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।