जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ०९:५४

प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार पक्राउ


काठमाडौं, बैशाख १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार पक्राउ परेका छन । रेडियो नेपाल सञ्चालक समितिका सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई प्रहरीलेआज पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई आज पक्राउ गरेको हो ।

केही समय पहिला पाठकले फेसबुकमा अध्यक्ष दाहालमाथि बिभिन्न आरोप लगाउँदै आफ्नो भनाई राखेका थिए । पाठकको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले प्रेस काउन्सिलमा उजुरी गरेपछि काउन्सिलकै पत्रका आधारमा साइबर ब्युरोले पत्रकार पाठकलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।