जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार १०:१८

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको उपचारको क्रममा निधन


काठमाडौं,  वैशाख १८ । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरको उपचार गरेपछि ऋषि कपूर गएको वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षको फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।