जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार ०६:४७

कोरोना अपडेट : १० लाख ३९ हजारभन्दा बढी घर फर्किए, २० लाख ३० हजार ९८२ जनाको उपचार हुँँदै


काठमाडौं,बैशाख १९ । विश्वमा कोरोना भाइरस लागेकाहरू मध्ये १० लाख ३९ हजार ५५ जना पूर्ण रूपमा निको भइ अस्पतालबाट घर फर्किएका छन् ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ६ हजार १४० मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । शुक्रबार बिहान सम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।