जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार ०८:४८

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो


काठमाडौं, वैशाख २२ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४२ हजार ५ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ९१ जनाको ज्यान गएको छ भने ११ हजार ७७५ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ६८ जनाको ज्यान गएको र दुई हजार ८ सय ६ जना नयाँ बिरामी थपिएको मन्त्रालयले जनाएको हो । भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।