जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार ०७:५८

बेलायतमा १ लाख ९० हजारभन्दा बढी कोरोनाबाट संक्रमित, २८ हजार बढीको मृत्यु


 

काठमाडौं,  बैशाख २३ । विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २८ हजार ७३४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ९० हजार ५८४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २८८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९८५ जनामा संक्रमण देखिएको छ । १ लाख ६१ हजार ५०६ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।