जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार ०७:२०

अमेरिकामा कोरोनाबाट ७२ हजारभन्दा बढीको मृत्यु, २ लाख ६ सय २८ जना उपचारपछि निको


काठमाडौं, बैशाख २४ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २ सय ७१ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २ लाख ६ सय २८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३७ हजार ६ सय ३३ पुगेको छ ।

उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।