जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार २१:०४

कतारबाट फर्काइएका नेपाली कामदारले पाए पारिश्रमिक


काठमाडौं, बैशाख २६

कोरोना महामारीका क्रममा कतारले फिर्ता पठाएका नेपाली कामदारले पारिश्रमिक पाउने भएका छन् । गत मार्च महिनामा नेपाल फर्काइएका ९४ जनाको पारिश्रमिक कतारस्थित नेपाली दूतावासले सम्वन्धित कम्पनीबाट उठाएर पठाएको हो ।

दूतावासले आज एक विज्ञप्ती जारी गर्दै अल ब्रेन्डरी इन्जिनियरिङ कम्पनीमा कार्यरत ८४ र आल्मुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जनाको पारिश्रमिक नेपाल पठाएको छ । अल ब्रेन्डरीबाट ३ लाख ४६ हजार ३ सय २० कतारी रियल र आल्मुनियम कम्पनीबाट २६ हजार ८ सय १ कतारी रियल सम्वन्धित कामदारले नेपालमा पाउने गरी पठाएको जानकारी दिएको छ । नेपालमा सम्वन्धित व्यक्तिले पाउने गरी २२ अप्रिल २०२० मा टिटि गरी कन्सुलर सेवा विभागमा पठाएको दूतावासले बताएको छ ।