जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १५:२०

चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे विवादास्पद सूचना


काठमाडौं, वैशाख २८ । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

सो पोस्टबारे सामाजिक सञ्जालमा चर्काे विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ । यो ट्वीटसँगै उस्ले आफ्नो गल्ती सच्याएको हो ।