जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १७:०३

झापा र भोजपुरका कोरोना संक्रमित डिस्चार्ज


विराटनगर, बैशाख २८

झापा र भोजपुरका दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचार गराईरहनु भएका भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षीय वृद्ध आज डिस्चार्ज हुनु भएको हो ।

भोजपुरका युवक बैशाख १० र झापाका वृद्ध बैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना हुनु भएको थियो । लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिनुभयो ।

दुबै जनालाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ । कोभिड १९ उपचार केन्द्रबाट यअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।