जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार ०७:०५

भारतमा एकैदिन ४ हजार ३५३ कोरोनाका नयाँ विरामी थपिए, सार्क मुलुकहरुमा सवैभन्दा बढि प्रभावित


 

काठमाडौं, बैशाख २९ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन ४ हजार ३५३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोरोना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ । सार्क मुलुकहरुमा सवैभन्दा बढि प्रभावित भारत रहेको छ ।