जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार ०७:१६

अमेरिकामा कोरोनाबाट १३ लाख ६६ हजार संक्रमित, २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको


काठमाडौं,  बैशाख २९। ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ विगतको भन्दा आज सवैभन्दा कम मानिसको यो रोगबाट ज्यान गएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।