जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १२:५४

भारतमा चेल्न रेल नेपाल नजिक आइनपुग्ने


काठमाडौं, बैशाख ३०

दक्षिणी छिमेकी मुलुक भारतमा आजबाट रेल सेवा शुरु भएको छ । रेल सेवा शुरु भएसँगै नेपालमा त्यसको त्रास शुरु भएको छ । तर, नेपालको सिमाभन्दा २१० किलोमिटर परसम्म रेल आइपुग्ने भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँदिल्ली रेल्वेस्टेशनबाट मंगलबार ८ वटा रेल छुट्ने छन् । भारतीय सरकारले अहिलेसम्म सार्वजनिक गरेको जानकारीअनुसार दिल्लीबाट विभिन्न राज्यका १५ सहरमा दिल्लीबाट यात्रुवाहक रेल जानेछन् । अहिले रेल चल्ने गन्तव्यहरू नेपाली सीमानजिकका भारतीय सहरहरू भने छैनन् । नेपालसँग सीमा जोडिएका दुई राज्य पश्चिम बंगाल र बिहारमा मात्र रेल आउनेछन् ।

पश्चिम बंगालको होराह र विहारको पटनाका लागि मंगलबार नै दिल्लीबाट रेल छुट्नेछन् । होराह झापादेखि ५४० किलोमिटर टाढा छ भने पटना जनकपुरदेखि २१० किलोमिटर तल पर्छ ।