जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १३:३३

२२ जिल्लामा देखियो कोरोना, लुकिछिपी आउनेबाट जोखिम अत्याधिक


काठमाडौं, बैशाख ३१

नेपालमा अहिलेसम्म २२ जिल्लामा कोरोना (कोभिड–१९)का संक्रमित २१७ जना फेला परेका छन् । मंगलबार एकैपटक ८३ जना नयाँ सक्रमित फेला परेपछि यो सख्या अत्याधिक बढेको हो ।

उनिहरु कतिपय स्थानीय नै हुन् भने अधिकांश लकडाउन अघि र पछि आएका हुन् । प्रदेश–२ को पर्सामा अहिले सबैभन्दा बढि संक्रमण देखिएको छ । यो जिल्लामा मात्रै बुधबार विहानसम्म ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित देखिरहेका बढिरहेका बेला प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भन्नुभएको थियो,‘आज पहिचान भएका सबै संक्रमितहरु भारतवाटआइ क्वारेन्टाइनमा बसेकाहरुनै हुनुहुन्छ । असुरक्षित लामो यात्रामा जोखिम बढि देखियो । सचेत बनौ ।’ सोमबार उहाले लेखेको यो स्टाटसले के भन्छ भने भारतबाट आएकाहरुबाट सचेत बनौं भन्ने सन्देश दिनु भएको छ ।

अहिलेसम्म संक्रमित भेटिएकामा सबैभन्दा बढी पर्सामा ८२ जना छन् । उदयपुरमा ३०, कपिलवस्‍तुमा २९, बाँकेमा २४ र रुपन्देहीमा १६ जना संक्रमित फेला परेका छन् । अन्य १७ जिल्लामा भने पाँच जना भन्दा कम संक्रमित फेला परेका छन् । कूल २१७ संक्रमितमा १७४ जना पुरुष र ४३ जना महिला छन् । कपिलबस्तु, रुपन्देही र बाँकेमा संक्रमितहरु अधिकाशं भारतबाट लकडाउनका बेला लुकिछिपी नेपाल छिरेको पुष्टि भईसकेको छ । त्यसैले असुरक्षित तरिकाले गाँउ प्रवेश गर्नेबाटै कोरोनाको जोखिम बढ्न थालेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि बताउछन् ।

काठमाडौं उपत्यकामा मंगलबार देखिएका तीन वटा केसमध्ये दुई जना बाहिरबाट आएको खुलेको छ । एक जना भारत र अर्का जना उदयपुरबाट आएको पुष्टि भईसकेको छ । सशस्त्र प्रहरीका जवानलाई भने कसरी कोरोना सर्यो भनेर खोजीकार्य भईरहेको छ ।

यी २२ जिल्लामा छन् यति संक्रमित

पर्सा – ८२, उदयपुर – ३० , कपिलवस्तु – २९ , बाँके – २४, रूपन्देही – १६, काठमाडौं – ४, कैलाली – ४,  बारा – ३, रौतहट – ३, धनुषा – ३, धादिङ – २,  झापा – २, मोरङ – २,  चितवन – २, बागलुङ – २, महोत्तरी – २, भक्तपुर – २, बर्दीया – १, कंचनपुर – १, सप्तरी – १, भोजपुर – १, सर्लाही – १