जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार २०:१८

चार जिल्लामा आज थपिए २४ जना नयाँ कोरोना संक्रमित : २४३ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, बैशाख ३१ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा आज गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

संक्रमितहरु रुपन्देही, कपिलबस्तु, पर्सा र नवलपरासी जिल्ला निवासी हुन ।