जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १३:४३

फोक्सुण्डोमा युवा मृत फेला


खलङ्गा, जेठ ७

डोल्पाको शे-फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे-फोक्सुण्डो गाउँपालिका–८ लामागडस्थित खोलामा शव भेटिएको हो ।जुम्ला पातारासी गाउँपालिका-६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो ।

खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो । खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।