जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार ११:३१

कपिलबस्तुमा फेरी ३ संक्रमित भेटिए, कुल संख्या २७६ पुग्यो


काठमाडौं, जेठ ३

कपिलबस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शिवराज नगरपालिका चन्द्रौटा निवासी तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाका अनुसार २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यो सँगै संक्रमितको कुल सख्या २७६ पुगेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।