जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार १६:४३

काभ्रे र महोत्तरीमा दुई जना संक्रमित थपिए


काठमाडौं, जेठ ३

काभ्रे र महोत्तरीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराउनुभयो । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।