जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार १७:०८

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र सिल, मृतक युवतिको आफन्तको स्वाब संकलन


काठमाडौं, जेठ ३

सिन्धुपाल्चोककी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उनिलाई उपचार गरिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको छ । २९ वर्षिया ति महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी, उनको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा भने सुरक्षाकर्मी खटाइएको छ । यसैबीच, धुलिखेल अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब निकालेको छ । बच्चाको पनि परीक्षण गर्न लागेको छ ।