जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार २१:०६

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको मृत्युको कारण कोरोना : स्वास्थ्य मन्त्रालय (विज्ञप्तीसहित)


काठमाडौं, जेठ ३

सिन्धुपाल्चोककी एक महिलाको मृत्युको कारण कोरोना नै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९, राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्युको कारण कोरोना नै भएको मन्त्रालयले शनिवार राति पुष्टि गरेको हो ।

उनि काठमाडौं टिचिङ अस्पतालमा २३ गते भर्ना भएर २४ गते बच्चा जन्माएर २५ गते घर फर्किएकी थिइन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशंका गरिएको छ । घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।