जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार १४:५३

प्रवासी नेपाली एकता मंच यूकेले गर्यो भारतीय हस्तक्षेपको भण्डाफोरदेखि कोरोना पीडितलाई राहतको निर्णय


बेलायत, जेठ ५ । प्रवासी नेपाली एकता मंच यूकेले नेपाली भूमि अतिक्रमण गरी सडक बनाउने भारतको कदमप्रति कडा आपत्ति जनाउँदै बेलायतस्थित भारतीय दुतावासमार्फत ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । आइतवार बसेको मञ्चको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता बसेको अनलाइन बैठकले कोरोना भाइरसबाट बेलायतस्थित नेपाली समुदाय र मञ्चका सदस्यहरुमा परेको असरबारे मध्यनजर गरी राहतको कार्यक्रमसमेत अघि बढाउने निर्णय गरेको छ ।

यस्तो छ निर्णय

आज मिती १७ मे, २०२० आइतबारका दिन प्रवासी नेपाली एकता मंच युकेको दोस्रो बैठक अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता अनलाईनमा सम्पन्न भयो। बिभिन्न समयामयीक सन्दर्भमा र संस्थाको आन्तरिक र बाह्य गतिबिधी समेतका बारे छलफल भएको बैठकले बिभिन्न निर्णयहरू गरेको छ ।

निर्णयहरु :

१.नेपालमा हालै मित्रराष्ट्र भारतले नेपाली भूमि अतिक्रमण गरेर चीनको तिब्बत कैलाश मानसरोवर यात्राका लागि ८० किलो मिटर को पक्की धार्चुला लिपुलेक लिंकरोड निर्माण गरी ८ मे, २०२० का दिन उद्घाटन समेत गरेकोमा सार्वभौम मुलुक नेपालको भू भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमानाभित्र राखेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको तथा सुगौली सन्धीदेखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुँदाहुँदै पनि पटक पटक नेपालको अस्मिताप्रति अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको प्रवासमा रहेका प्रवासी नेपालीहरूको तर्फबाट घोरभत्सर्ना गर्दै बेलायतस्थित नेपालका राजनितीक पार्टीहरूसंग नजिकका सम्बन्ध भएका संघ संस्थाहरू तथा गैर आवासीय नेपाली संघ युके समेत संग छलफल र समन्वय गरी यथाशीघ्र भारतीय राजदुतावास लण्डनमार्फत भारतिय प्रधानमंत्रीलाई एक ज्ञापन पत्र दिने ।

२. कोभिड १९ को माहामारीमा यस संस्थाका सदस्यहरू मिलन केसीका पिता तथा सरस्वती केसीका ससुरा तथा बाग्लुङ जिल्ला अमलाचौर गाबिसका पुर्ब उपाध्यक्ष कर्णबहादुर क्षेत्रीलगायत बेलायतमा मृत्युहुने संपूर्ण नेपालीहरू लगायत यस महामारीमा संसारभरी जीवन गुमाउनुहुने संपूर्ण मानवजाती प्रती हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै बेलायतका नेपालीहरूको बस्ती भएको क्षेत्र हरूमा राहतको रूपमा अत्यावश्यक सामग्रीहरू बितरण गर्न प्रवासी नेपाली एकता मंचको क्षेत्रीय स्वयंसेवक कमिटीहरू परिचालन गर्ने ।

३. प्रवासी नेपाली एकता मंचहरूले संयुक्त रूपमा प्रधानमंत्री राहतकोषमा सहयोग समेत गर्ने निर्णय गरेको छ। यसकालागी हाल कार्यसमितीका सदस्यहरूबाट मात्र सहयोग रकम संकलन गर्ने र नपुग हुनआएको खण्डमा साधारण सदस्यहरूबाट समेत उठाउन सकने निर्णय गरिएको छ।

४. प्रवासी नेपाली एकता मंच युकेले बिभिन्न क्षेत्रहरूमा गठन गरेको कमिटीहरू मार्फत कोभिड(१९ माहामरी ले असर पारेका नेपाली समुदायमा अत्याबस्यक बस्तु तथा सेवाहरू उपलब्ध गराउन कमिटीहरू सकृय गराउने र केही बा‘ंकी क्षेत्रमा यथासिघ्र कमिटीहरू बनाई सहयोग गर्ने निर्णय गरेको छ। साथै, लकडाउन समेतका कारण नेपाल यात्रा गर्न नपाएका र जोखिममा परेका ब्यत्तीहरूको बारेमा नेपाल सरकारका सम्बंधित निकायहरू संग परामर्श गर्ने निर्णय गर्यो। यस कामको निम्ती भारत, मध्यपूर्व आदी देशहरूमा रहेका नेपालीहरुको सम्बेदनसिलता लाई समेत मध्यनजर राख्दै बेलायत स्थित नेपाली राजदुतावास तथा एनआरएनए लगायत बिभिन्न संघ संस्थाहरू संग सहकार्य गर्दै प्राथमिकताको आधारमा काम गर्ने निर्णय भएको छ ।

प्रवासी नेपाली एकता मंच यूके
सचिव
शुरेस गौतम