जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १४:५७

दोलखामा एक महिला मृत अवस्थामा फेला


दोलखा, जेठ ७

दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवालीको खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो ।

मदिरा सेवनका कारण नेपालीको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।